काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचन आयोगलगायत संवैधानिक निकायमा हुने नियुक्ति प्रक्रियालाई खुला प्रतिस्पर्धामार्फत अघि बढाउनुपर्ने आवश्यकता औँल्याएकी छन्।
प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइका विषयमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले नियुक्ति प्रक्रियालाई थप पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धामूलक बनाउने व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरिन्।
उनका अनुसार निर्वाचन आयोग राजनीतिक रूपमा संवेदनशील तथा तटस्थ भूमिकामा रहने संवैधानिक संस्था भएकाले त्यसमा नियुक्त हुने पदाधिकारी छनोटको प्रक्रिया विश्वासयोग्य र खुला प्रतिस्पर्धामा आधारित हुनुपर्छ।
सांसद अर्यालले वर्तमान सरकारले पनि संवैधानिक नियुक्तिका सन्दर्भमा विगतदेखि अवलम्बन हुँदै आएको अभ्यासलाई नै निरन्तरता दिएको टिप्पणी गरिन्।
उनले संसदीय सुनुवाइ प्रक्रिया हतारमा टुंग्याउनु उपयुक्त नहुने उल्लेख गर्दै सम्बन्धित सबै पक्षसँग पर्याप्त छलफल, समीक्षा र सहमतिका आधारमा निर्णय प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिइन्।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend