काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचन आयोगलगायत संवैधानिक निकायमा हुने नियुक्ति प्रक्रियालाई खुला प्रतिस्पर्धामार्फत अघि बढाउनुपर्ने आवश्यकता औँल्याएकी छन्।
प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइका विषयमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले नियुक्ति प्रक्रियालाई थप पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धामूलक बनाउने व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरिन्।
उनका अनुसार निर्वाचन आयोग राजनीतिक रूपमा संवेदनशील तथा तटस्थ भूमिकामा रहने संवैधानिक संस्था भएकाले त्यसमा नियुक्त हुने पदाधिकारी छनोटको प्रक्रिया विश्वासयोग्य र खुला प्रतिस्पर्धामा आधारित हुनुपर्छ।
सांसद अर्यालले वर्तमान सरकारले पनि संवैधानिक नियुक्तिका सन्दर्भमा विगतदेखि अवलम्बन हुँदै आएको अभ्यासलाई नै निरन्तरता दिएको टिप्पणी गरिन्।
उनले संसदीय सुनुवाइ प्रक्रिया हतारमा टुंग्याउनु उपयुक्त नहुने उल्लेख गर्दै सम्बन्धित सबै पक्षसँग पर्याप्त छलफल, समीक्षा र सहमतिका आधारमा निर्णय प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिइन्।
काठमाडौं । ‘आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास कार्यक्रम’ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला सोसल वर्कर्स...
काठमाडौँ । नेपाल नेत्र ज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु।...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् । बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend