Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक भोलिका लागी सर्‍यो 


    बुधबार, असार २४ २०८३
    205
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको छ । बुधबार १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरी बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको हो ।

    बुधबार बसेको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लले राखेको नेपाल राष्ट्र बैंक तेश्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिलाई पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

    संसद सचिवालयले १५ मिनेटका लागि स्थगित भएको बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले प्रतिनिधिसभाको नियमावली बमोजिम सभामुखले असार २५ गते बिहीबार बस्ने गरी निर्धारण गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार