काठमाडौं। प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको छ । बुधबार १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरी बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको हो ।
बुधबार बसेको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लले राखेको नेपाल राष्ट्र बैंक तेश्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिलाई पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि स्थगित गरेका थिए ।
संसद सचिवालयले १५ मिनेटका लागि स्थगित भएको बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले प्रतिनिधिसभाको नियमावली बमोजिम सभामुखले असार २५ गते बिहीबार बस्ने गरी निर्धारण गरेको जनाएको छ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend