काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उद्योग व्यवसायको विकास, लगानी विस्तार र आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा मुलुकको आर्थिक गतिविधिलाई गति दिने, उद्योग सञ्चालनमा देखिएका अवरोध हटाउने, लगानीको वातावरण सुधार गर्ने तथा उत्पादन र रोजगारी वृद्धि गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको हो।
प्रधानमन्त्री शाहले आर्थिक विकासमा निजी क्षेत्र सरकारको महत्वपूर्ण सहयात्री रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरूले सामना गरिरहेका नीतिगत, कानुनी तथा प्रक्रियागत समस्याको समाधानका लागि सरकार सहजीकरण गर्न तयार रहेको बताए।
उनले उद्योग तथा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। निजी क्षेत्रको विश्वास बढाउँदै उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय सञ्चालनमा सहजता, लगानी सुरक्षाको सुनिश्चितता, नीतिगत स्थायित्व, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा सरकारसँग नियमित संवादको आवश्यकता औँल्याएका थिए।
प्रधानमन्त्री शाहले निजी क्षेत्रबाट आएका सुझावलाई सम्बोधन गर्न सम्बन्धित निकायमार्फत आवश्यक पहल गरिने बताए। आर्थिक सुधारको प्रक्रियामा सरकार र निजी क्षेत्रबीच सहकार्यलाई निरन्तरता दिइने उनले स्पष्ट पारे।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा। घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायत निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
सरकार र निजी क्षेत्रका प्रमुख प्रतिनिधिबीच भएको उक्त संवादले उद्योग प्रवर्द्धन, लगानी विस्तार र व्यवसायमैत्री नीति निर्माणका लागि सहकार्यको आधार थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य...
काठमाडौं । ‘आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास कार्यक्रम’ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला सोसल वर्कर्स...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend