Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • संविधानका आधारभूत संरचनामा परिवर्तन नगर्न हर्क साम्पाङको चेतावनी


    सोमबार, असार २२ २०८३
    210
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता संविधानका आधारभूत संरचनामा कुनै पनि किसिमको हस्तक्षेप नगर्न सरकारलाई सचेत गराएका छन् ।

    प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद राईले संविधान संशोधनको बहस चलिरहँदा यी आधारभूत स्तम्भहरूमा फेरबदल गरिए मुलुकमा गम्भीर दुर्घटना निम्तिन सक्ने बताएका हुन् ।

    अब मुलुकमा रगतको होइन, पसिनाको क्रान्ति आवश्यक रहेको उल्लेख गरे । राईले देशमा रोजगारीको अभावमा हजारौँ युवा बिदेसिनु परेको यथार्थलाई औँल्याउँदै स्वदेशमै भविष्य खोज्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार