Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • डोल्पा जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते


    आइतबार, असार २१ २०८३
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

    आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका-०४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०र२५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

    दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका(०८ डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए । दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन्।

    घाइतेहरूलाई थप उपचारका लागि उद्दार गरेर जुम्ला पठाउने तयारी भइरहेको छ । घटनाबारे थप विवरणसँगै घाइतेहरूको पहिचान हुने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार