Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • सरकारको प्राथमिकता सामाजिक सञ्जालमार्फत लोकप्रियता बढाउने प्रवृत्तितिर छ: गगन थापा


    आइतबार, असार २१ २०८३
    400
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ राजनीतिक व्यवस्थापन र सरकारी कार्यशैलीप्रति तीव्र आलोचना गर्दै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार नागरिकका समस्या समाधानभन्दा सार्वजनिक छवि निर्माणमा बढी केन्द्रित भएको टिप्पणी गरेका छन्।

    आइतबार नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित सरकारको १०० दिनको समीक्षा तथा १०० बुँदे कार्यक्रमबारे भएको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।

    थापाका अनुसार सरकारको वर्तमान कार्यशैलीले जनताको वास्तविक समस्या सम्बोधन गर्नुको सट्टा सामाजिक सञ्जालमार्फत लोकप्रियता बढाउने प्रवृत्तिलाई प्राथमिकता दिएको देखिन्छ।

    उनले भूमिहीन नागरिकका समस्याको समाधान राज्यको दायित्व भए पनि वैकल्पिक व्यवस्था नगरी बस्ती क्षेत्रमा डोजर प्रयोगजस्ता कदमले जनजीवनमा असहजता बढाएको आरोप समेत लगाए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार