काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूहको बैठक शुक्रबार गल्फुटारस्थित नेता पूर्णबहादुर खड्काको निवासमा बसेको छ। समूहको भावी राजनीतिक रणनीति तथा सातै प्रदेशमा सम्पन्न प्रदेशस्तरीय भेलाको समीक्षा बैठकको मुख्य एजेन्डा रहेको जनाइएको छ।
बैठकमा पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला र प्रकाशमान सिंह सहभागी भएका छन्। त्यसैगरी पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाही तथा नेताहरू मीन विश्वकर्मा, एनपी साउद, डा। प्रकाश शरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना र मोहन बस्नेतलगायतको उपस्थिति रहेको छन्।
बैठकअघि संस्थापनइतर समूहका नेताहरूबीच विभिन्न चरणमा आन्तरिक छलफल भएका थिए। बिहीबार बिहान पूर्णबहादुर खड्का र डा। शेखर कोइरालाबीच खड्का निवासमै भेटवार्ता भएको थियो। त्यसपछि खड्काले महाराजगञ्ज पुगेर पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग पनि छलफल गरेका थिए।
यसैगरी बिहीबार नै विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच बानेश्वर हाइटस्थित निधि निवासमा पनि परामर्श भएको थियो।
संस्थापनइतर समूहले यसअघि सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ। तीमध्ये कोशी प्रदेशको भेलामा डा। शेखर कोइरालाले प्रमुख अतिथिका रूपमा सहभागिता जनाएका थिए।
आजको बैठकमा प्रदेश भेलाबाट प्राप्त सुझाव, संगठनात्मक अवस्थाको समीक्षा तथा आगामी राजनीतिक कार्यक्रम र रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend