काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ः०० बजेसम्म बोलकबोल गरी ऋणपत्र जारी गरिने जनाएको हो। बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा ऋणपत्र निष्कासन गरिने छ।
सूचनाअनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने साँवा २०८४ असार १९ गते भुक्तानी गरिने छ। ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी हुने छ।
राष्ट्र बैंकका अनुसार न्यूनतम रु पाँच करोड र त्यसपछि रु पाँच करोडका दरले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने छ। उक्त ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था ९काउन्टरपार्टी० मात्र सहभागी हुन पाउने छन्। बोलकबोलबाट स्वीकृत ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
स्वीकृत ऋणपत्र लगानी पोर्टफोलियोमा समावेश हुनेछ। यसलाई अनिवार्य नगद मौज्दात ९सिआरआर० मा गणना गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात ९एसएलआर० र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend