काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वालेन्द्र शाह (बालेन) नेतृत्वको नवोदित दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारको पहिलो १०० दिनबारे फरक-फरक दृष्टिकोणबाट मूल्यांकन हुनु स्वाभाविक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सरकारको कार्यसम्पादनलाई हेर्ने दृष्टिकोणअनुसार निष्कर्ष फरक पर्न सक्ने उल्लेख गरेका छन्।
उनका अनुसार परम्परागत संसदीय राजनीतिको निरन्तरताको आधारमा मूल्यांकन गर्दा पहिलो १०० दिन उल्लेखनीय उपलब्धिमूलक नदेखिन सक्छ भने स्थापित शासकीय अभ्यासमा परिवर्तनको प्रयासप्रति आशंका पनि उत्पन्न हुन सक्ने अवस्था रहेको छ।
तर राजनीतिक पुस्तान्तरण, नयाँ पुस्ताको नेतृत्व, गैरपरम्परागत राजनीतिक सहभागिता तथा शासन सञ्चालनको नयाँ शैली विकास गर्ने प्रयासको सन्दर्भबाट हेर्दा वर्तमान अवधिलाई सकारात्मक रूपमा लिन सकिने उनको धारणा छ। उनले पुरानो शासकीय शैलीबाट नयाँ अभ्यासतर्फ संक्रमणको प्रयासका रूपमा यस अवधिलाई मूल्यांकन गर्दै सरकारलाई केही समय दिने पक्षमा आफू रहेको जनाएका छन्।
भट्टराईले नेपालको जटिल भूराजनीतिक अवस्था, परनिर्भर र अल्पविकसित अर्थतन्त्र तथा तीव्र आर्थिक-सामाजिक रूपान्तरणको आवश्यकतालाई ध्यानमा राख्दै पहिलो १०० दिनलाई सिकाइको चरणका रूपमा लिनुपर्ने पनि बताएका छन्। आगामी दिनमा सरकार अझ बढी गम्भीरता, तयारी र मेहनतका साथ अघि बढ्नुपर्ने उनको सुझाव छ।
साथै, उनले पहिलो १०० दिनका अनुभव, उपलब्धि र कमजोरीबाट पाठ सिक्दै सुशासन तथा समतामूलक समृद्धितर्फ दृढतापूर्वक अघि बढ्न र भविष्यमुखी वैकल्पिक राजनीतिको आधार निर्माण गर्न युवा नेतृत्वको सरकारलाई शुभकामना दिएका छन्।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend