Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • सरकारलाई बाबुराम भट्टराईको सुझाव- १०० दिनका अनुभवबाट पाठ सिक्दै आगामी दिनमा अझ बढी गम्भीरताका साथ अघि बढ्नुपर्छ


    शुक्रबार, असार १९ २०८३
    260
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वालेन्द्र शाह (बालेन) नेतृत्वको नवोदित दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारको पहिलो १०० दिनबारे फरक-फरक दृष्टिकोणबाट मूल्यांकन हुनु स्वाभाविक रहेको बताएका छन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सरकारको कार्यसम्पादनलाई हेर्ने दृष्टिकोणअनुसार निष्कर्ष फरक पर्न सक्ने उल्लेख गरेका छन्।

    उनका अनुसार परम्परागत संसदीय राजनीतिको निरन्तरताको आधारमा मूल्यांकन गर्दा पहिलो १०० दिन उल्लेखनीय उपलब्धिमूलक नदेखिन सक्छ भने स्थापित शासकीय अभ्यासमा परिवर्तनको प्रयासप्रति आशंका पनि उत्पन्न हुन सक्ने अवस्था रहेको छ।

    तर राजनीतिक पुस्तान्तरण, नयाँ पुस्ताको नेतृत्व, गैरपरम्परागत राजनीतिक सहभागिता तथा शासन सञ्चालनको नयाँ शैली विकास गर्ने प्रयासको सन्दर्भबाट हेर्दा वर्तमान अवधिलाई सकारात्मक रूपमा लिन सकिने उनको धारणा छ। उनले पुरानो शासकीय शैलीबाट नयाँ अभ्यासतर्फ संक्रमणको प्रयासका रूपमा यस अवधिलाई मूल्यांकन गर्दै सरकारलाई केही समय दिने पक्षमा आफू रहेको जनाएका छन्।

    भट्टराईले नेपालको जटिल भूराजनीतिक अवस्था, परनिर्भर र अल्पविकसित अर्थतन्त्र तथा तीव्र आर्थिक-सामाजिक रूपान्तरणको आवश्यकतालाई ध्यानमा राख्दै पहिलो १०० दिनलाई सिकाइको चरणका रूपमा लिनुपर्ने पनि बताएका छन्। आगामी दिनमा सरकार अझ बढी गम्भीरता, तयारी र मेहनतका साथ अघि बढ्नुपर्ने उनको सुझाव छ।

    साथै, उनले पहिलो १०० दिनका अनुभव, उपलब्धि र कमजोरीबाट पाठ सिक्दै सुशासन तथा समतामूलक समृद्धितर्फ दृढतापूर्वक अघि बढ्न र भविष्यमुखी वैकल्पिक राजनीतिको आधार निर्माण गर्न युवा नेतृत्वको सरकारलाई शुभकामना दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार