काठमाडौं । श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीशमहेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
त्यसपछि यो प्रकरणमा नुवाकोट घर भएका ३८ वर्षी नेपाली ब्रोसहित उनकी प्रेमिका जुम्ला घर भएकी २५ वर्षीया प्रतीक्षा आचार्य, नेपाली ब्रोका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्री पक्राउ परेका थिए ।
अदालतले साथी पुजन र भाइ विक्रमलाई भने १ लाख धरौटीमा छाड्न आदेश दिइएको छ । प्रहरीको अनुसन्धान अनुसार विवाहेत्तर सम्बन्धदेखि लामो समयदेखिको पारिवारिक कलहका कारण हत्या भएको देखिएको छ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend