काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए। मनिखले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा सभामुख अर्यालले नेपालको संघीय संसद् र शुरा काउन्सिलबीच संसदीय सहकार्यलाई थप सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताए।
उनले संघीय संसद्को हालैको निर्णयअनुसार नेपाल(साउदी अरब संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै यसले दुवै मुलुकका संसदबीच साझा हितका विषयमा सहकार्य विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ।
सभामुख अर्यालले नेपाल र साउदी अरबबीच विशेष गरी श्रम आप्रवासका क्षेत्रमा विकसित सहकार्यको प्रशंसा गर्दै नेपाली श्रमिकलाई प्राथमिकता दिएकोमा साउदी पक्षप्रति आभार व्यक्त गरेका थिए।
राजदूत मनिखले नेपाल-साउदी सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा सहकार्यलाई थप अघि बढाइने बताए।
आगामी वर्ष नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउने अवसर रहेको पनि छलफलका क्रममा उल्लेख गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल साउदी अरबमा तीन लाख ८४ हजार ८६५ नेपाली रोजगारीमा रहेका छन्।
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend