Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ- प्रचण्ड


    आइतबार, असार १४ २०८३
    245
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले वामपन्थी र देशभक्तहरू ढिला नगरी एक हुनुपर्ने बताएका छन्। उनले अहिल्यै, आजै सहकार्य गर्नुपर्ने पनि बताए।

    मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोहमा आज बोल्दै प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधिनता, निरंकुशताका विरूद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरूद्ध छिटोभन्दा वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुनेछ।’

    उनले पार्टी एकता गरिहालौं भनेर आफूले नभनेको पनि बताए। तर सदनदेखि चुनावसम्म सहकार्य गर्न सकिने उनको भनाइ थियो।

    ‘हामीले विगतमा मिलेको पनि हो, जनताले दुई तिहाइ पनि दिएको हो, यसको समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘हतारमा पार्टी एकता गर्ने र फुर्सदमा विभाजन भएर रोएर बस्ने अवस्था नआओस् भनेर समीक्षा गर्नुपर्छ।’

    उनले निरंकुशताविरूद्ध विगतमा मिलेरै सफलता प्राप्त गरिएको पनि स्मरण गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार