काठमाडौं । मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरेको छ ।
काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो ।
फाउण्डेशनले जननेता मदनकुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
फाउण्डेशनका अनुसार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा पुस्तक प्रकाशनमार्फत उनको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने नीति छ ।
यसका लागि तीन सदस्यीय छनोट समितिको सिफारिसका आधारमा राईको कृति छनोट गरिएको हो ।
इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राई लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अध्येता एवं अनुसन्धानकर्ताका रूपमा सक्रिय छन् ।
पुरस्कारस्वरूप राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend