काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ।
बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १४३० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
भूकम्पमा परि बेपत्ता हुनेको संख्या पनि बढेको छ। आइतबारसम्म यो संख्या ६८ हजार ९०० पुगेको एपीले जनाएको छ। अझै बेपत्ताहरूको विवरण संकलन भइरहेको र यो संख्या बढ्न सक्ने बताइएको छ।
सबैभन्दा बढी प्रभावित ला गुआइराका विभिन्न क्षेत्रमा आफन्त र छिमेकीहरू भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटिरहेका छन्।
उनीहरूले बेल्चा, डोरी, भारी उपकरण तथा नाङ्गो हातसमेत प्रयोग गरेर भत्किएका भवनहरूमा खोजी जारी राखेका छन्।
यसैबीच अन्तर्राष्ट्रिय उद्धार टोलीहरू पनि घटनास्थल पुग्न थालेपछि पीडित परिवारमा केही आशा जागेको छ।
तर उद्धार तथा राहतमा सरकारको तयारी र सक्रियता कमजोर रहेको आरोप लगाउँदै स्थानीयवासीहरू आक्रोशित बनेका छन्।
सैनिक, प्रहरी, अग्निनियन्त्रक र सैन्य क्याडेटहरू विपत्तिको आकारअनुसार पर्याप्त रूपमा परिचालित हुन नसकेको भन्दै प्रभावितहरूले सरकारको आलोचना गरेका छन्।
भूकम्पपछि पहिलो ४८ देखि ७२ घण्टालाई जीवित उद्धारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यद्यपि खाना र पानीको पहुँच भए त्यो अवधि केही लम्बिन सक्ने मानवीय सहायता निकायहरूको भनाइ छ।
भेनेजुएलाका अधिकारीहरूका अनुसार शनिबारसम्म १७ वटा अन्तर्राष्ट्रिय उडानमार्फत १ हजार ६०० भन्दा बढी उद्धारकर्मी देश पुगेका छन्।
भूकम्प गएको ७२ घण्टा बितिसक्दा पनि भग्नावशेषभित्र जीवित मानिसहरू रहेको विश्वास गरिएका स्थानमा पर्याप्त उद्धार नभएको भन्दै स्थानीयहरू निराश बनेका छन्।
‘त्यहाँ हिजो रातिदेखिका शवहरू थुप्रिएका छन्, नवजात शिशुसमेत छन्। हिजो बेलुका ८ बजेसम्म तल मानिसहरू जीवित थिए, तर उनीहरूलाई उद्धार गर्न कसैले चासो दिएन। हामीले धेरै शव फेला पारेका छौं, ती निकाल्न पनि कसैले सहयोग गरेको छैन। आखिर उनीहरू के कुराको प्रतीक्षा गरिरहेका छन्रु,’ समुद्री तटीय सहर काराबालेदाकी स्थानीयवासी माइलेइडी रोमेरोले एपीसँग भनेकी छन्।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत १४ हजारभन्दा बढी सैनिक र प्रहरी प्रभावित क्षेत्रमा परिचालन गरिएको दाबी गरेकी छन्।
उनका अनुसार अहिले प्रभावित क्षेत्रमा प्रवेश गर्न विशेष अनुमति आवश्यक पर्ने व्यवस्था गरिएको छ। तर स्थानीय बासिन्दाहरूले भने सरकारी उपस्थिति निकै न्यून रहेको बताएका छन्।
धुलोले ढाकिएका बस्तीहरूमा मानिसहरू भत्किएका भवनमाथि चढेर आफ्ना आफन्तको नाम पुकारिरहेका छन्। अत्यधिक गर्मी र शव गन्हाउन थालेपछि धेरैले मास्क लगाएर उद्धारमा जुटेका छन्।
केही स्थानमा अस्थायी अस्पतालको पार्किङबाट शवहरू ट्रकमा राखेर पहिचानका लागि लगिएको दृश्य देखिएको छ।
उद्धारकर्मी र स्थानीयसँग सुरक्षाका आवश्यक सामग्रीसमेत पर्याप्त नभएकाले धेरैले मोटरसाइकलको हेल्मेट लगाएर भग्नावशेष पन्छाइरहेका छन्।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend