काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरिएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गतका शीर्ष पदाधिकारी पदहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो ।
रास्वपाको यी ६ पदाधिकारी खुला उपसभापति–१, महिला उपसभापति–१, खुला महामन्त्री–१ र खुला सहमहामन्त्री–२ र महिला सहमहामन्त्री–१ पदका लागि निर्वाचन हुन लागेको हो
सूचीअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेदवारी परेको छ । पदाधिकारीमा उपसभापतिमा डा.स्वर्णिम वाग्ले निर्विरोध निर्वाचन भएकाले अब उपसभापति (महिला), महामन्त्री र एक महिलासहित ३ सहमहामन्त्रीको निर्वाचन हुँदैछ ।
महिला उपसभापतिमा सोबिता गौतम र डा।तोसिमा कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेदवारी दिएका छन् । यसअघि उम्मेदवार बनेका शिशिर खनाल र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै सहमहामन्त्रीमा खुला तर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्तले उम्मेदवारी दिएका छन् । त्यस्तै सहमहामन्त्री महिलामा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ ।
रास्वपाको पहिलो चरणबाट सभापति र ९९ केन्द्रीय सदस्य चयन भइसकेका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता तथा छानबिनको प्राविधिक कार्य सकिएलगत्तै अन्तिम नामावली प्रकाशन गरेर मतदानको व्यवस्था मिलाउने तयारी गरिरहेको जनाएको छ ।
आयोगले आजै १० बजेदेखि १ बजेसम्म मतदानको तालिका सार्वजनिक गरेपनि उम्मेदवारको सुची नै ढिला गरी सार्वजनिक गरिएकाले यो तालिका अनुसार मतदान नहुने भएको छ ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार प्रतिनिधि...
काठमाडौं । विपक्षी दलहरूले भोटोकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म भए गरेका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले...
काठमाडौँ। आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको...
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend