काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरिएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गतका शीर्ष पदाधिकारी पदहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो ।
रास्वपाको यी ६ पदाधिकारी खुला उपसभापति–१, महिला उपसभापति–१, खुला महामन्त्री–१ र खुला सहमहामन्त्री–२ र महिला सहमहामन्त्री–१ पदका लागि निर्वाचन हुन लागेको हो
सूचीअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेदवारी परेको छ । पदाधिकारीमा उपसभापतिमा डा.स्वर्णिम वाग्ले निर्विरोध निर्वाचन भएकाले अब उपसभापति (महिला), महामन्त्री र एक महिलासहित ३ सहमहामन्त्रीको निर्वाचन हुँदैछ ।
महिला उपसभापतिमा सोबिता गौतम र डा।तोसिमा कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेदवारी दिएका छन् । यसअघि उम्मेदवार बनेका शिशिर खनाल र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै सहमहामन्त्रीमा खुला तर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्तले उम्मेदवारी दिएका छन् । त्यस्तै सहमहामन्त्री महिलामा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ ।
रास्वपाको पहिलो चरणबाट सभापति र ९९ केन्द्रीय सदस्य चयन भइसकेका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता तथा छानबिनको प्राविधिक कार्य सकिएलगत्तै अन्तिम नामावली प्रकाशन गरेर मतदानको व्यवस्था मिलाउने तयारी गरिरहेको जनाएको छ ।
आयोगले आजै १० बजेदेखि १ बजेसम्म मतदानको तालिका सार्वजनिक गरेपनि उम्मेदवारको सुची नै ढिला गरी सार्वजनिक गरिएकाले यो तालिका अनुसार मतदान नहुने भएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend