Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • जगदीश खरेलले लिए महामन्त्रीको उम्मेदवारी फिर्ता 


    शुक्रबार, असार १२ २०८३
    295
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीका लागि उम्मेदवारी दिएका जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका छन्।

    सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको दाबीबाट पछि हटेको उनको भनाइ छ । केन्द्रीय सदस्य निर्वाचित भएसँगै उनले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

    खरेलले सामाजिक फेसबुकमा लेखेका छन्, ‘सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु । लामो बाटो तय गर्नुछ ।’

    यसअघि शिशिर खनालले पनि महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका थिए। यस्तै विराजभक्त श्रेष्ठले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएपछि डा। स्वर्णिम वाग्ले सर्वसम्मत उपसभापतिमा निर्वाचित भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार