बीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाका २ कर्मचारीको कमिसन बाँड्दै गरेको तस्वीर सामाजिक संजालमा भाइरल भएको छ । सोमबार अंकुश दैनिक अनलाइनले वृक्षरोपणमा समेत कमिसन खाएको तस्वीर राखेर समाचार लखेको थियो ।
पोखरीया नगरपालिकाका कर्मचारी कौशलकुमार झा र रामवीर चौरसियाले पैसा गनिरहेको तस्वीरसहितको समाचारले सामाजिक संजाल रंगिए पनि सरोकारवाला निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नोटिसमा लिएको छैन ।
फोटोमा देखिएका सेतो हाफ सर्ट लगाएर बस्ने नगरपालिकका कर्मचारी कौशलकुमार झा हुन् भने नोटको बिटो गनिरहेका व्यक्ति लेखापालको जिम्मेवारी सम्हाल्दै आएका रामवीर चौरसिया हुन् । सेतो सर्ट लगाउने झा र पैसा गन्ने चौरसिया हुन् ।
बृक्षरोपण जस्तो प्रकृतिको संरक्षण गर्ने ठेक्कामा समेत उनीहरुले मोटो रकम कमिसन खाएको खुलेको छ । कार्यालयभित्रै यसरी खुलेआम कमिसनको रकम गनिएको छ । यसले उक्त नगरपालिकाभित्रको भ्रष्टाचारको कहालीलाग्दो रुप देखाएको छ । वृक्षरोपण जस्तो प्रकृतिको संरक्षण गर्ने ठेक्कामा समेत मोटो रकम कमिसन खाएको र उक्त रकम दामासाही रूपमा अन्य कर्मचारीलाई नबाँडी झा र चौरसियाले मात्रै कुम्ल्याउन खोजेपछि असन्तुष्ट पक्षले नै यो तस्बिर बाहिर ल्याइदिएका छन् ।
कमिसनको रकम दामासाहीले भागबण्डा गरिरहेको तस्वीरका बारेमा पोखरीया नगरपालिकाका कर्मचारी कौशलकुमारा झाले भने–‘एआईबाट बदनाम गरिएको हो । कमिसनको रकम भनिएको छ, तर दिने ब्यक्ति फोटोमा छैन ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend