Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ


    सोमबार, असार ८ २०८३
    360
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सोमबार अपराह्न सुर्खेतबाट पक्राउ गरिएको हो।

    एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेले सुझाव संकलनका क्रममा सुर्खेत पुगेका थिए।

    यसअघि कार्यदलले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सुझाव संकलन तथा भेला गरेको थियो। त्यसपछि उनी कार्यदलको टोलीसँगै सुर्खेत पुगेका हुन्।

    उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ। उनलाई पक्राउ गर्न अघि काठमाडौँ भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार