काठमाडौं। सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
काठमाडौँ महानगरले सडकपेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सडकपेटी आश्रित दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन नदिएको गुनासो गरे।
नगरप्रहरीहरूले आएर दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा थुन्ने र महिलाहरूमाथि अभद्र व्यवहार गर्ने गरेको उनले बताए। राज्यले दृष्टिविहीनहरूलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ।
राज्यले आफूहरूलाई रोजगार दिन नसकेको खण्डमा बेरोजगार भत्ता बापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend