Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा कांग्रेस सभापतिले ओढाए पार्टीको झन्डा


    सोमबार, असार ८ २०८३
    245
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।

    दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षीय खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो ।

    खरेलको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । खरेलको आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार