Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • १ हजार ४ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    सोमबार, असार ८ २०८३
    360
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सोमबार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् असार ७ गते सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    सुनसँगै आज चाँदीको मूल्यमा पनि बढेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार