काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र निर्धारित समयभन्दा एक घण्टा ढिला हुँदा पनि सुरु भएको छैन
सत्तारूढ दल रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ।आज बिहान ८:३० बजे सभापति रवि लामिछाने आएपछि बन्दसत्र थालिने भनिएकामा साढे ९ बजिसक्दा पनि सुरु गरिएको छैन।
अहिलेसम्म बन्दसत्र हलमा कुर्सी नै मिलाइएको छैन। सभापति लामिछाने पनि बन्दसत्र स्थलमा आइपुगेका छैनन्।
उनी आइतबार राति प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहसँगै १९ किलोमीटर दुरीमा रहेको एक रिसोर्टमा बसेका थिए।
यता बन्दसत्र सुरु नहुँदा कुनै पनि प्रक्रिया अघि बढ्न सकेको छैन। केन्द्रीय सदस्यका दाबेदारले फर्म भरेर बुझाउन पाएका छैनन्।
आइतबार भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन गरिएको रास्वपा महाधिवेशनको बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा राखिएको छ।
जहाँ केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक र आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend