Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने


    आइतबार, असार ७ २०८३
    215
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन चितवन जाने भएका छन् ।

    थापाका स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन थापा जान लागेको जानकारी गराएका हुन् ।

    विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उद्घाटनमा सहभागी हुन निम्तो दिएको थियो । महाधिवेशनका लागि रास्वपाका नेताहरू सहभागी हुने क्रम जारी रहेको छ । रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि महाधिवेशनमा सहभागी हुन चितवन पुगिसकेका छन्।

    रास्वपाको पहिलो महाधिवेशन आजबाट चितवनको भरतपुरमा सुरु हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार