Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाको अन्तिम केन्द्रीय समितिको बैठक सुरु


    शनिबार, असार ६ २०८३
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।

    बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बसेको हो । भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो।

    बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ ।

    रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार