Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत


    शुक्रबार, असार ५ २०८३
    310
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ ।

    आज शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो ।

    जसलाई सभाले स्वीकृत गरेको हो । यसअघि आजै प्रतिनिधिसभाले पनि यी चार वटा अध्यादेश स्वीकृत गरेको थियो ।

    राष्ट्रिय सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । तथापि, राष्ट्रिय सभाले सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार