काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गलत गर्नेलाई सरकारले नछाड्ने बताएका छन् । विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्यही अनुसारमा हिजो मात्रै सुरक्षा निकायलाई आफूले सो विषयमा निर्देशन दिइसकेको बताए ।
उनले भने, ‘सेवा नै हाम्रो धर्म हो । सुरक्षा निकायहरू नागरिकको सेवामा खट्ने हो । अपराध नियन्त्रणदेखि लिएर सबै कुरामा सबै सुरक्षा निकायका प्रमुखहरूसँग हिजो बैठक बसेको थियो । यसमा हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ । गलत गर्ने आफ्नो पार्टी, अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ । गलतलाई गलत नै भन्छौँ ।’
उनले आफू आएपछि सुरक्षा निकायमा राजनीतिक दबाब, चलखेल अन्त्य भएको बताए । गुरुङले विपद् व्यवस्थापनको तयारीमा सरकार लागिसकेको बताए । पूर्व-पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग लगायत विभिन्न सडक अवरुद्ध भइरहेका सन्दर्भमा गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय भइरहेको उनले बताए ।
बाढी-पहिरो जस्ता विपद्का बेला तत्काल सडक खुलाउन आवश्यक उपकरण कहाँ छन् भन्ने जानकारी दिने डिजिटल प्रणाली विकास गरिएको बताए । राइड सेयरिङ एपजस्तै अवधारणामा आधारित प्रणालीमार्फत डोजर तथा अन्य उपकरणको स्थान पहिचान गरी आवश्यक ठाउँमा छिटो परिचालन गर्न सकिने बताए ।
उनले विगतका सरकारका कामको आलोचना मात्र नगरी राम्रो अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार्दै सरकार अघि बढ्ने बताए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend