काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइको ठेक्काका विषयमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि पनि अनुसन्धान गरिरहेको छ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अख्तियारले आरजुलाई पनि हाजिर हुन सूचना जारी गरेको हो।
गएको मंगलबार आरजुको नाममा पनि म्याद तामेली गरिएको छ। म्याद तामेलीका लागि सुरुमा बूढानीलकण्ठस्थित जलेको र भत्काइएको घरमा पुगेको अख्तियारको टोलीले देउवाका स्वकीय समेत रहेका भानु देउवालाई म्याद बुझाएको छ।
मंगलबार अख्तियारका कर्मचारी र प्रहरी बूढानीलकण्ठस्थित देउवाको घर रहेको स्थानमा पुगेका थिए। तर त्यहाँ म्याद तामेल गर्न कसैलाई पनि नभेटेपछि भानु देउवालाई बूढानीलकण्ठ नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले फोन गरेका थिए।
उनले म्याद तामेलीबारे जानकारी गराएपछि भानुले आफूलाई पत्र पठाइदिनु भन्दै म्याद बुझिदिने बताएपछि उनैलाई पत्र दिएको थियो।
पत्रमा राहधानी छपाइको विषयमा अनुसन्धान भइरहेको र त्यस विषयमा थप बुझ्न आवश्यक देखिएको भन्दै हाजिर हुन भनिएको छ। तर आरजु भने पति शेरबहादुर देउवासहित हङकङमा रहेको बताइएको छ।
राहदानी छपाइको ठेक्का प्रक्रिया गर्दा आरजू परराष्ट्रमन्त्री थिइन्। मिलेमतोमा बढी मुल्यमा ठेक्का दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ।
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्। आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend