Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बुधबार एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो


    बिहिबार, असार ४ २०८३
    400
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन काटेको छ ।

    लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर पनि भाडा र महसुल नतिरेपछि लिमिटेडले बुधबारदेखि धमाधम लाइन काट्न सुरु गरेको हो।

    देशभरका १० वटा औद्योगिक क्षेत्रका उद्योगहरूले भुक्तानी गर्न आनाकानी गरेपछि कारबाही अघि बढाइएको लिमिटेडले जनाएको छ ।

    लाइन काट्न सुरु गरिएकै दिन बुधबार बक्यौता रहेका उद्योगहरूबाट करिब १० करोड रुपैयाँ असुल भएको छ । लाइन काटिनेमा सबैभन्दा धेरै बालाजु औद्योगिक क्षेत्रका २४ वटा उद्योग रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार