Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • आज तीन वटा संसदीय समितिको बैठक बस्दै


    बिहिबार, असार ४ २०८३
    165
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।

    बिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल गरिनेछ।

    यस्तै, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

    बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा वार्षिक कार्यक्रमबारे छलफल हुने कार्यसूची छ।

    यस्तै, राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा आगामी स्थानीय तह निर्वाचनको पूर्व तयारी सम्बन्धमा छलफल गरिनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार