Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रे बस दुर्घटना: मृतकको सम्झनामा रोशी गाउँपालिकामा शोक बिदा


    बिहिबार, असार ४ २०८३
    240
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा रोशी गाउँपालिकाले असार ५ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा जारी विज्ञप्ति अनुसार आगामी असार ५ गते शुक्रवारका दिन गाउँपालिकाभर शोक बिदा दिइने भएको हो।

    गत जेठ २९ गते दिउँसो अन्दाजी १४:१५ बजेको समयमा बी।पी। राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं. २ स्थित बुच्चाकोट सडक खण्डमा दुर्घटना भएको थियो। बनेपाबाट रोशी गाउँपालिका वडा नं.८ को खार्पा चोक हुँदै वडा नं.६ को सुँगुरे तर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको पूर्व अरनिको यातायातको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो।

    उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरू प्रति गाउँपालिकाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चीर शान्तिको कामना गरेको छ।

    गाउँपालिकाले शुक्रवारका दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू, स्वास्थ्य संस्थाहरू लगायत मातहतका सम्पूर्ण कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार