काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना र पूर्वाधारलाई समेट्ने गरी बजेट पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेकी छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मगरले आर्थिक स्रोतको विनियोजन गर्दा कठिन भौगोलिक अवस्था भएका क्षेत्रका नागरिकको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराउँदै झापा मात्र नभई जुम्ला, हुम्लालगायत दुर्गम क्षेत्रका नागरिकले भोगिरहेका समस्या समाधान हुने गरी बजेट व्यवस्थापन गर्नुपर्ने धारणा राखिन् ।
सडक पूर्वाधारको अभावका कारण विभिन्न स्थानका बासिन्दाले दैनिक आवतजावतमा जोखिम र अतिरिक्त समय खर्च गर्नुपरेको उल्लेख गर्दै सांसद मगरले यस्ता योजनामा सरकारले आवश्यक लगानी गर्न ढिलाइ गर्न नहुने बताइन् ।
उनले इलामको बतासे क्षेत्र हुँदै मदन भण्डारी राजमार्गसँग जोडिने सडक निर्माण भए करिब ५ सय घरधुरीलाई सहज हुने उल्लेख गरिन् । हाल उक्त क्षेत्रका नागरिकले लामो दूरी तय गरी फिक्कल हुँदै यात्रा गर्नुपर्ने अवस्था रहेको भन्दै छोटो र सुरक्षित मार्ग निर्माणका लागि बजेट आवश्यक रहेको उनको भनाइ थियो ।
सांसद मगरले जनताको दैनिकीसँग जोडिएका तथा जोखिम घटाउने पूर्वाधार योजनालाई बजेटमा पर्याप्त स्थान दिनुपर्नेमा जोड दिइन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend