काठमाडौं । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथिको छलफल चलिरहेको छ । आज बुधवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिनका लागि उद्योगमन्त्री गौरी कुमारी संसद्को रोष्ट्रममा थिइन् ।
उनले सांसदहरूको प्रश्नको जवाफ दिइरहेकी थिइन् । सोही बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङ उठे र आफ्नो स्पष्टीकरण पुनस् दोहोर्याए ।
उनलाई सभामुख डोलप्रसाद अर्यालले स्पष्टीकरणमाथिको स्पष्टीकरण नहुने भन्दै ध्यानाकर्षण गराएका थिए । तर, सांसद राईले उठेर अवरोध जनाइरहे । यसैबीच रास्वपा सांसद मनिष झाले नियमापत्ति जनाए ।
उनले प्रतिनिधिसभामा नियमावलीको ५४ र ५५ नम्बरमा प्रश्नोत्तरको विषय उल्लेख गरे । ‘पटकपटक वादविवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भन्ने, ५४ नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ । माननीय मन्त्रीज्यूले मेरो उत्तर यही हो भन्न पाउनहुन्छ,’ झाले भने ।
साथै, उनले सांसद साम्पाङलाई पटकपटक बालहठ नगर्न अनुरोध समेत गरे । ‘म सम्बन्धित माननीयज्यूलाई पटकपटक बालहठ नगर्न पनि आग्रह गर्छु । नियम कानुनको कुरा गर्दै हुनुहुन्थ्यो, नियम त स्पष्ट लेखिएकै छ, नियम पढ्नुस्’, झाले भने ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend