अव्यवस्थित बस्ती हटाउने अभियानले वास्तविक सुकुमबासी प्रभावित भएको सांसद केसीको टिप्पण
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सुकुमबासी व्यवस्थापनका नाममा अपनाइएको सरकारी कार्यशैलीका कारण वास्तविक पीडितहरू थप समस्यामा परेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कानुनी कारबाही गर्ने सरकारी प्रयासलाई सुरुआतमा सकारात्मक रूपमा लिएको उल्लेख गरे। तर, वास्तविक अवस्था फरक दिशामा गएको भन्दै उनले चिन्ता व्यक्त गरे।
सांसद केसीका अनुसार सुकुमबासीको यथार्थ पहिचान नगरी सञ्चालन गरिएको हटाउने अभियानले कमजोर र विपन्न परिवारहरूलाई प्रत्यक्ष असर पुर्याएको छ। प्रभावित परिवारहरू आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनुपरेको र बालबालिकाको अध्ययनमा समेत असर परेको उनको भनाइ थियो।
उनले विस्थापितहरूलाई राखिएको होल्डिङ सेन्टरको अवस्था पनि सन्तोषजनक नरहेको उल्लेख गर्दै त्यहाँ रहेका नागरिकले विभिन्न कठिनाइ भोग्नुपरेको बताए।
सरकारको कदमले अपेक्षित परिणाम दिनुको सट्टा मानवीय समस्या थप जटिल बनाएको तर्क गर्दै सांसद केसीले सुकुमबासी समस्या समाधानका लागि संवेदनशील र दीर्घकालीन उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराए।
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend