काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सहमतिका लागि अघि सारिएको सात बुँदे प्रस्तावबारे संस्थापनइतर पक्षको स्पष्ट धारणा आउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौलासँग मंगलबार झापामा भएको भेटका क्रममा उपसभापति शर्माले उक्त विषय उठाएका हुन् । पारिवारिक शोकमा रहेका शर्मालाई समवेदना दिन सिटौला पुगेका बेला दुई नेताबीच करिब १० देखि १५ मिनेट छलफल भएको काँग्रेसका स्थानीय नेताहरूले बताएका छन् ।
छलफलका क्रममा शर्माले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अन्य नेताहरूसँग सहमतिका लागि पठाइएको सात बुँदे प्रस्तावबारे इतर पक्षबाट औपचारिक प्रतिक्रिया आउन नसकेको विषय सिटौलासमक्ष राखेका थिए ।
उनले इतर समूहका नेताहरूबीच छलफल गरी प्रस्तावप्रति साझा धारणा तय गर्न पनि आग्रह गरेको बताइएको छ । प्रस्ताव स्वीकार गर्ने वा अस्वीकार गर्ने विषयमा जिम्मेवार र आधिकारिक धारणा सार्वजनिक गर्ने व्यक्ति वा संयन्त्र स्पष्ट हुनुपर्ने शर्माको भनाइ थियो ।
भेटमा शर्माले पार्टी सभापति र उपसभापतिको तहबाट सहमतिको वातावरण बनाउन प्रस्ताव पठाउने, संवाद गर्ने र भेटघाटमार्फत समाधान खोज्ने प्रयास भइरहेको जानकारी सिटौलालाई गराएका थिए ।
काँग्रेसभित्र पछिल्लो समय नेतृत्व र आन्तरिक सहमतिका विषयमा देखिएको मतभेदका बीच दुई नेताबीच भएको संवादलाई पार्टी एकताको प्रयाससँग जोडेर हेरिएको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend