काठमाडौँ । सीमा विवादसँग जोडिएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्तिबारे संसदमा गोप्य मतदानमार्फत निर्णय गर्नुपर्ने प्रस्ताव नेपाली काँग्रेसकी सांसद रेखा कुमारी यादवले राखेकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठक सुरु भएपछि विपक्षी दलका सांसदहरूले उठेर आफ्नो धारणा राखेका थिए। सभामुखबाट समय पाएपछि सांसद यादवले पार्टीको तर्फबाट बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिमाथि गम्भीर समीक्षा आवश्यक रहेको बताइन्।
गत जेठ १७ गते प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर पछिल्लो समय संसदमा बहस भइरहेको छ।
सांसद यादवले प्रधानमन्त्रीको भनाइपछि देशमा भइरहेका गतिविधिप्रति ध्यान दिनुपर्ने बताइन्। उनले सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको उपस्थितिको विषय तथा दार्चुलाको नेपाली आकाशमा भारतीय हेलिकप्टर उडेको भनिएको घटनाबारे पनि संसद्मा प्रश्न उठाइन्।
यस्ता घटनाबारे जवाफदेही निकाय को हो भन्ने प्रश्न गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसद्ले गोप्य मतदानमार्फत धारणा तय गर्नुपर्ने प्रस्ताव राखेकी हुन्।
उनले विषयलाई केवल सार्वजनिक बहस वा सञ्चार माध्यमको चर्चामा सीमित नगरी राज्यको गम्भीर सरोकारका रूपमा लिनुपर्ने धारणा व्यक्त गरिन्।
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend