काठमाडौँ । सीमा विवादसँग जोडिएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्तिबारे संसदमा गोप्य मतदानमार्फत निर्णय गर्नुपर्ने प्रस्ताव नेपाली काँग्रेसकी सांसद रेखा कुमारी यादवले राखेकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठक सुरु भएपछि विपक्षी दलका सांसदहरूले उठेर आफ्नो धारणा राखेका थिए। सभामुखबाट समय पाएपछि सांसद यादवले पार्टीको तर्फबाट बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिमाथि गम्भीर समीक्षा आवश्यक रहेको बताइन्।
गत जेठ १७ गते प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर पछिल्लो समय संसदमा बहस भइरहेको छ।
सांसद यादवले प्रधानमन्त्रीको भनाइपछि देशमा भइरहेका गतिविधिप्रति ध्यान दिनुपर्ने बताइन्। उनले सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको उपस्थितिको विषय तथा दार्चुलाको नेपाली आकाशमा भारतीय हेलिकप्टर उडेको भनिएको घटनाबारे पनि संसद्मा प्रश्न उठाइन्।
यस्ता घटनाबारे जवाफदेही निकाय को हो भन्ने प्रश्न गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसद्ले गोप्य मतदानमार्फत धारणा तय गर्नुपर्ने प्रस्ताव राखेकी हुन्।
उनले विषयलाई केवल सार्वजनिक बहस वा सञ्चार माध्यमको चर्चामा सीमित नगरी राज्यको गम्भीर सरोकारका रूपमा लिनुपर्ने धारणा व्यक्त गरिन्।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend