काठमाडौँ । सेफ सन्तोष साहलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । साहमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट ३ दिनका म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।
दुई वटा मुद्दा मध्ये ठगी मुद्दामा अनुसन्धानको लागी प्रहरीले अदालतबाट म्याद लिएको हो । साह विरूद्ध ४ लाख ५० हजार ठगी सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएर पक्राउ पुर्जी जारी भएको थियो ।
सिरहाको कर्जन्हा नगरपालिका–९ घर भएर काठमाडौँ बस्ने ४० वर्षीय सन्तोषले मिथिला थाली नामको चेक रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।आर्जव होल्डिङ प्रालिलाई उनले दिएको २५ लाखको चेक नसाटिएको बैंकिङ्ग कसुरमा साहलाई बिगो भराएर १ महिना कैद सजाय हुने फैसला भैसकेको छ । आर्जव होल्डिङ प्रालिले नक्सालमा शिला रेस्टुरेन्ट सञ्चालन गरेको थियो ।
नक्साल स्थित गैरीधारामा रहेको सो रेस्टुरेन्ट मिथिला थाली प्रालिले खरिद गरेको थियो । रेस्टुरेन्ट खरिद गर्दा साहले दिएको चेक बाउन्स भएको हो ।साह २०२० को बीबीसी मास्टर सेफ हुन् । बेलायतमा खानाका परिकारसम्बन्धी ‘बीबीसी मास्टरसेफ द प्रोफेसनल्स’ मा प्रतिस्पर्धा गर्दा ‘सेकेन्ड रनरअप’ घोषित भएपछि साहको चर्चा चुलिएको थियो ।
त्यसपछि उनले लण्डनबाट नेपाल फर्केर मिथिला थाली नामको रेस्टुरेन्ट सञ्चालन गर्न थालेका हुन् । ललितपुरको झम्सिखेल, काठमाडौँको गौशाला र गैरीधारा तथा जनकपुरमा उनले मिथिला थाली सञ्चालन गरेका छन्।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend