काठमाडौँ। भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले आयोजना अनुगमनको क्रममा ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्।
मन्त्री लम्साल आइतबार नागढुङ्गा-मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनमा गएका थिए। उनले काममा ढिलाई नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिए।
वर्षायाम सुरु भएकाले निम्तिन सक्ने जोखिमलाई न्यूनिकरण गरेर निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिए। मन्त्री लम्सालले काममा लापरवाही वा अनावश्यक ढिलाइ स्वीकार्य नहुने चेतावनी पनि निर्माण पक्षलाई दिएका छन्।
सडक आयोजना निर्माणको क्रममा बिजुलीको पोल नसारिएकोले अवरोध भएको निर्माण पक्षले गुनासो गरेपछि मन्त्री लम्सालले बिजुलीको पोल सार्ने कन्ट्रयाक्टरलाई खोजेर ल्याउन भनेका थिए।
‘यो पोलवाला जो हो नि बिजुलीको पोल। यो कन्ट्रयाक्टर कहाँ छ, यो धर्तीमा जहाँ भए पनि यहाँ ल्याएर राख्नुस्। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस् मतलब भएन,’ मन्त्री लम्सालले निर्देशन दिँदै भने, ‘चाँडोभन्दा चाँडो पोल सार्न पर्यो। यहाँका पब्लिकले धेरै दुःख पाए।’
उनले आयोजनालाई अघि बढाउन आवश्यक निर्माण सामग्री जुटाउनको लागि सहजीकरण गरिदिन पनि आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन्।
करिब ९५ किलोमिटर दूरी रहेको नागढुंगा-मुग्लिन सडक खण्ड तीन वटा प्याकेज छुट्टयाएर स्तरोन्नति गरिँदै छ। पहिलो प्याकेजमा नागढुंगा-नौबिसे, दोस्रोमा नौबिसे-मलेखु र तेस्रोमा मलेखु-मुग्लिन भनी छुट्टयाइएको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend