विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। सशांक कोइरालाले नेपाली कांग्रेस हाल अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै पार्टी एकता गर्नुपर्ने बताएका छन् ।
पार्टी दुई टुक्रा भएको भन्दै उनले एक मात्र विकल्प एकता रहेको बताए । नेपाली कांग्रेस इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले एकताका लागि दुवै पक्ष मिल्नु पर्ने बताए।
लामो समयपछि आज विराटनगरस्थित कोइराला निवास पुगेको स्मरण गर्दै डा.कोइरालाले बीपीले जनताका लागि राजनीति गरेको सम्झिए । ‘विपीले आफ्नो लागि होइन, जनताका लागि पार्टी बनाउनुभएको हो, उनले भने,’ आज हामीले सोच्नुपर्ने बेला आएको छ-हामी कसका लागि राजनीति गर्दैछौँरु’
उनले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकले विकास र परिवर्तनको ठूलो फड्को मारेको चर्चा गर्दै अहिले नेतृत्वले बाटो बिराएको बताए ।
गगन थापाको कार्यशैलीप्रति लक्षित गर्दै डा। कोइरालाले भने , ‘के उहाँ एक्लैले पार्टी चलाउन सक्नुहुन्छ रु सबै नेताहरूलाई एकातिर पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्रै हो।’
उनले आधुनिकीकरण र परिवर्तनका कुरा गर्नेले सबैभन्दा पहिले आफूभित्र परिवर्तन ल्याउनुपर्ने बताए । पार्टीभित्रको आन्तरिक कलह र विभाजनलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै कोइरालाले ८० वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको बताए ।
अदालतले गगन थापालाई आधिकारिक सभापति घोषणा गरेको सन्दर्भलाई संकेत गर्दै उनले भने, ‘सर्वोच्च अदालतको त्यो निर्णय गलत थियो, जसको सजाय आज हामीले भोगिरहेका छौँ।’
कांग्रेस अहिले खुम्चिएर दोस्रो पार्टी बनेकोमा दुःख व्यक्त गर्दै उनले गाउँ–गाउँमा अझै पनि कांग्रेसको जनलहर रहेको दाबी गरे । ‘गाउँमा कांग्रेस नै कांग्रेस देखिन्छ, तर एकता नहुँदा भोट आएन,’ उनले भने,’संविधानको रक्षा र राष्ट्रको उज्ज्वल भविष्यका लागि कांग्रेस एक ढिक्का हुनुपर्छ ।’
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend