विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। सशांक कोइरालाले नेपाली कांग्रेस हाल अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै पार्टी एकता गर्नुपर्ने बताएका छन् ।
पार्टी दुई टुक्रा भएको भन्दै उनले एक मात्र विकल्प एकता रहेको बताए । नेपाली कांग्रेस इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले एकताका लागि दुवै पक्ष मिल्नु पर्ने बताए।
लामो समयपछि आज विराटनगरस्थित कोइराला निवास पुगेको स्मरण गर्दै डा.कोइरालाले बीपीले जनताका लागि राजनीति गरेको सम्झिए । ‘विपीले आफ्नो लागि होइन, जनताका लागि पार्टी बनाउनुभएको हो, उनले भने,’ आज हामीले सोच्नुपर्ने बेला आएको छ-हामी कसका लागि राजनीति गर्दैछौँरु’
उनले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकले विकास र परिवर्तनको ठूलो फड्को मारेको चर्चा गर्दै अहिले नेतृत्वले बाटो बिराएको बताए ।
गगन थापाको कार्यशैलीप्रति लक्षित गर्दै डा। कोइरालाले भने , ‘के उहाँ एक्लैले पार्टी चलाउन सक्नुहुन्छ रु सबै नेताहरूलाई एकातिर पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्रै हो।’
उनले आधुनिकीकरण र परिवर्तनका कुरा गर्नेले सबैभन्दा पहिले आफूभित्र परिवर्तन ल्याउनुपर्ने बताए । पार्टीभित्रको आन्तरिक कलह र विभाजनलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै कोइरालाले ८० वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको बताए ।
अदालतले गगन थापालाई आधिकारिक सभापति घोषणा गरेको सन्दर्भलाई संकेत गर्दै उनले भने, ‘सर्वोच्च अदालतको त्यो निर्णय गलत थियो, जसको सजाय आज हामीले भोगिरहेका छौँ।’
कांग्रेस अहिले खुम्चिएर दोस्रो पार्टी बनेकोमा दुःख व्यक्त गर्दै उनले गाउँ–गाउँमा अझै पनि कांग्रेसको जनलहर रहेको दाबी गरे । ‘गाउँमा कांग्रेस नै कांग्रेस देखिन्छ, तर एकता नहुँदा भोट आएन,’ उनले भने,’संविधानको रक्षा र राष्ट्रको उज्ज्वल भविष्यका लागि कांग्रेस एक ढिक्का हुनुपर्छ ।’
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend