काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका-११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । सशस्त्रकै जवान र ट्रक चालक घाइते छन् ।
मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका-५ मोतिपुर बस्ने अन्दाजी ३५ वर्षीय सहायक हवल्दार तिलक कँडेल रहेका छन् । फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत कँडेलको उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार बिहान अवैध रूपमा भारततर्फ लैजान लागिएका २ वटा भैँसी र १ वटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बाप्र ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा बर्दिया बासगढी नगरपालिका-८ ककौरा घर भएका अन्दाजी ३५ वर्षीय सशस्त्रका जवान दीपककुमारजङ शाह घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, बाँके रिफर गरिएको प्रहरीले जनाएको छ ।
ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ सामरी बस्ने अन्दाजी ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते छन् । उनको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend