Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनको भाउ ५ हजार ३ सयले बढ्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, जेष्ठ २९ २०८३
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो।

    यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको महासंघले जनाएको छ । अघिल्लो दिन छापवाल सुन प्रतिटोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    एक साताको अवधिमा भने सुनको भाउ १७ हजार रुपैयाँ घटेको छ । गत शुक्रबार सुनको भाउ तोलामा ३ लाख ९ हजार रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला आज १९० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८४० रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार