Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • बजेटमाथि अमरेश सिंहको टिप्पणी- कार्यान्वयन भएको भोलिपल्ट देश सिंगापुर हुन्छ


    बिहिबार, जेष्ठ २८ २०८३
    310
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुने विश्वास नरहेको बताएका छन् ।

    आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि टिप्पणी गर्दै प्रतिनिधिसभा बैठकमा सांसद सिंहले आफू दक्षिण एसियाको राजनीतिको विद्यार्थीसमेत भएको भन्दै जीडीपीको ३२-३३ प्रतिशत कहीँ पनि बजेट नबनाउने भन्दै बजेट कार्यान्वयन नहुने बताएका हुन् ।

    रास्वपा सरकारको कार्यशैलीको सुरुदेखि नै विरोध गर्दै आएका उनले सरकारले ल्याएको बजेटलाई फुकिएको बेलुनको संज्ञा दिए ।

    ‘फुकिएको बजेट लामो समय टिक्दैन, त्यसकारण मलाई विश्वास छैन कि यो बजेट कार्यान्वयन हुन्छ,’उनले भने–‘बजेट कार्यान्वयन भएको भोलिपल्ट देश सिंगापुर हुन्छ, जापान हुन्छ, दुबई हुन्छ’ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार