काठमाडौं । चीन भ्रमणमा जाने तयारीमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते बिहान बेइजिङ पुग्ने कार्यतालिका रहेको छ । परराष्ट्र मन्त्रालयले अझै औपचारिक घोषणा नगरे पनि चीनस्थित नेपाली दूतावासले भ्रमणको तयारी तीव्र पारेको छ ।
जेठ ३१ गते साँझ ५ बजे बेइजिङमा रहेका नेपालीहरूसँग अन्तर्क्रिया कार्यक्रम राखिएको छ । असार १ गते बिहान चाइना एकेडेमी अफ साइन्ससँग शिक्षा, विज्ञान तथा प्रविधि सहकार्यका विषयमा छलफल हुनेछ । त्यस दिन दिउँसो र असार २ गते राजनीतिक भेटघाट कार्यक्रम छ ।
मन्त्री खनालले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेट्ने छन् । असार २ गते साँझ लगानी सम्मेलनमा सहभागी हुने खनालले नेपालमा चीनले गर्न सक्ने लगानी तथा सम्भावित क्षेत्रबारे छलफल गर्नेछन् ।
भ्रमणका क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको विषयलाई समकक्षी वाङ यीसँग उठाउने तयारी छ । चिनियाँ पक्षले बिआरआई परियोजनाहरूमा नेपाल सरकारको धारणा जान्न चाहेको छ । पूर्वप्रधानमन्त्री केपी ओलीको भ्रमणका बेला फ्रेमवर्क सम्झौता भएका टोखा-छहरे सुरुङमार्ग, जिलोङ-काठमाडौं रेल्वे, औद्योगिक पार्कलगायत परियोजनाको प्रगतिबारे पनि छलफल हुने छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend