Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • करको दर हेरफेर गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार छु: अर्थमन्त्री वाग्ले 


    बिहिबार, जेष्ठ २८ २०८३
    190
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनमा कर बढ्दैछ भनेर सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । यदि प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको उनले बताए ।

    आज बिहान सार्वजनिक लेखा समितिको बैठकमा ट्याक्स बढ्दैछ भनेर सूचना दियो भन्ने आरोपलाई ‘ननसेन्स’ भनेर टिप्पणी गरे ।

    उनले भने, ‘यसमा प्रमाण ल्याएर आउनुहुन्छ भने म त कठघरामा उभिन तयार छु । दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ कहीँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । मेरो चुनौति हो ।’

    उनले अन्य सांसदहरुलाई पनि यो स्तरको आँट राख्न शुभकामना दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार