काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले अब संसदमा नभएर देश र जनतासँग माफी माग्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले कांग्रेसले अब प्रधानमन्त्री शाहलाई लिएर अब प्रश्न नगर्ने बताए। ‘अब प्रधानमन्त्रीको उपस्थित हाम्रा लागि गौण भएको छ,’ आङदेम्बेले भने, ‘प्रधानमन्त्रीले संसद्मा होइन, देश र जनतासँग माफी माग्नुपर्छ।’
उनले अब त्यही विषयलाई लिएर संसद् अवरुद्ध नगर्ने बताए। प्रधानमन्त्री जिम्मेवार नबने पनि प्रतिपक्ष दल जिम्मेवार बन्ने बताए। ‘प्रधानमन्त्री गैरजिम्मेवार बन्यो भनेर प्रतिपक्षी गैरजिम्मेवार बन्न सक्दैन,’ उनले भने।
तथापि, उनले प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध गरे। उनले भने, ‘प्रधानमन्त्रीको भनाइ घोर निन्दनीय र आपत्तिजक छ।’
प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षी दलले विरोध गर्दै आएका छन्।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend