Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्पत्ति विवरण बुझाउने समय एक महिना थप 


    बुधबार, जेष्ठ २७ २०८३
    250
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय एक महिना थप गरेको छ।

    आयोगले २०६३ सालदेखि २०८२ चैतसम्म सार्वजनिक उच्च पदमा रहेका, राजनीतिक दल, सेवानिवृत भएका, पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन जेठ मसान्तसम्म समय दिइएको थियो।

    तर तोकिएको समयमा भनेजस्तो विवरण नभरिएपछि आयोगले असार मसान्तसम्म म्याद थप गरेको आयोगका सदस्य एवं प्रवक्ता गणेश केसीले जानकारी दिए। ‘हामीले अहिले केहिबेर अघि सम्पत्ति विवरण बुझाउने म्याद अन्तिम पटकका लागि थपेर असार मसान्त पुर्‍याएका छौँ,’ केसीले भने।

    वैशाख २ गते प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेको पाँच सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गरेका थिए।

    केशरमहलमा कार्यालय स्थापना गरेर आयोगले वैशाख ९ गतेदेखि काम थालेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार