Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा


    मंगलबार, जेष्ठ २६ २०८३
    275
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको राजीनामा मागेको छ ।

    आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।

    संसद्‍मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।

    अर्थमन्त्री डा.वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए ।

    उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार