काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘जो बेसहारा, काठमाडौँ महानगरपालिकाको अभिभारा’ नारासहित सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरिन् ।
उनले अभियानको सफल कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेकी छिन् ।
आगामी दिनमा सडक वा सार्वजनिक स्थलमा भेटिन सक्ने सहयोगापेक्षीको व्यवस्थापनका लागि सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौतामा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डंगोल, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरे ।
सम्झौतापछि आफ्नो धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँलाई सांस्कृतिक सहरका साथै मानवतामा आधारित सहरको पहिचान स्थापित गराउन सडक सहयोगापेक्षी मानवमुक्त काठमाडौँ घोषणा गरिएको बताइन् ।
कार्यक्रममा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवता प्रवर्द्धनमा अब कमजोरी गर्न नहुने बताए । यस कार्यमा सबै जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो । महानगरपालिकाले विसं २०७४ देखि मानव सेवा आश्रमसँगको सहकार्यमा औसतमा वार्षिक करिब रु। दुई करोड खर्च गरिरहेको छ ।
कार्यक्रममा मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले सञ्चालन गरेको मेची महाकाली अभियानको पनि समापनको घोषणा गरिएको छ । यस अवधिमा एक सय ९७ जना सहयोगापेक्षीको उद्धार र व्यवस्थापन गरिएको मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले जानकारी दिए ।
फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले मानवता प्रवर्द्धनका लागि महत्त्वपूर्ण सम्झौता भएको भन्दै उक्त दिनलाई आफूले पवित्र दिनका रूपमा सम्झने उल्लेख गरे ।
समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइराला, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संस्कृतिविद् तथा आश्रमका संरक्षक डा। गोविन्द टण्डनलगायत वक्ताले आफ्नो धारणा राखेका थिए ।
सम्झौताका पक्षहरू र अन्य सम्बद्ध निकाय तथा पदाधिकारीहरूको नियमित बैठक, सम्झौताको प्रभावकारी कार्यान्वयन योजना, कार्यक्रम तथा स्रोतसाधनको प्रबन्ध मिलाउन एक समन्वय समिति रहने जनाइएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend