काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘जो बेसहारा, काठमाडौँ महानगरपालिकाको अभिभारा’ नारासहित सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरिन् ।
उनले अभियानको सफल कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेकी छिन् ।
आगामी दिनमा सडक वा सार्वजनिक स्थलमा भेटिन सक्ने सहयोगापेक्षीको व्यवस्थापनका लागि सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौतामा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डंगोल, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरे ।
सम्झौतापछि आफ्नो धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँलाई सांस्कृतिक सहरका साथै मानवतामा आधारित सहरको पहिचान स्थापित गराउन सडक सहयोगापेक्षी मानवमुक्त काठमाडौँ घोषणा गरिएको बताइन् ।
कार्यक्रममा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवता प्रवर्द्धनमा अब कमजोरी गर्न नहुने बताए । यस कार्यमा सबै जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो । महानगरपालिकाले विसं २०७४ देखि मानव सेवा आश्रमसँगको सहकार्यमा औसतमा वार्षिक करिब रु। दुई करोड खर्च गरिरहेको छ ।
कार्यक्रममा मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले सञ्चालन गरेको मेची महाकाली अभियानको पनि समापनको घोषणा गरिएको छ । यस अवधिमा एक सय ९७ जना सहयोगापेक्षीको उद्धार र व्यवस्थापन गरिएको मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले जानकारी दिए ।
फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले मानवता प्रवर्द्धनका लागि महत्त्वपूर्ण सम्झौता भएको भन्दै उक्त दिनलाई आफूले पवित्र दिनका रूपमा सम्झने उल्लेख गरे ।
समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइराला, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संस्कृतिविद् तथा आश्रमका संरक्षक डा। गोविन्द टण्डनलगायत वक्ताले आफ्नो धारणा राखेका थिए ।
सम्झौताका पक्षहरू र अन्य सम्बद्ध निकाय तथा पदाधिकारीहरूको नियमित बैठक, सम्झौताको प्रभावकारी कार्यान्वयन योजना, कार्यक्रम तथा स्रोतसाधनको प्रबन्ध मिलाउन एक समन्वय समिति रहने जनाइएको छ ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend