काठमाडौँ । नेपाली काँग्रेसले संखुवासभाका पूर्व मन्त्री दीपक खड्कासहित तीन नेताविरुद्ध अनुशासन उल्लंघनसम्बन्धी आरोपमा स्पष्टीकरण माग गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिले खड्कासँगै जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखालाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
आरोप पत्रअनुसार खड्काले पार्टीभित्रको विशेष अधिवेशनबाट बनेको कार्यसमितिलाई अस्वीकार गर्ने अभिव्यक्ति दिएको, निर्वाचन परिणामप्रति निराशाजनक टिप्पणी गरेको तथा पार्टीको जित सम्भव नभएको भन्दै कार्यकर्तालाई भ्रामक सन्देश दिएको दाबी गरिएको छ।
त्यस्तै, उनीमाथि आफ्ना निकट व्यक्तिहरूलाई पार्टीगत कार्यक्रममा सहभागी नहुन आग्रह गरेको तथा सार्वजनिक रूपमा पार्टीको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गरेको देखिए पनि आन्तरिक रूपमा अन्य राजनीतिक प्रतीकहरूतर्फ मतदान गर्न प्रेरित गरेको आरोप पनि लगाइएको छ।
पार्टीले यी गतिविधिहरूलाई अनुशासनहीन र अन्तर्घातसम्बन्धी प्रकृतिका रूपमा उल्लेख गर्दै स्पष्टीकरण माग गरेको जनाएको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend