Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण


    सोमबार, जेष्ठ २५ २०८३
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले संखुवासभाका पूर्व मन्त्री दीपक खड्कासहित तीन नेताविरुद्ध अनुशासन उल्लंघनसम्बन्धी आरोपमा स्पष्टीकरण माग गरेको छ।

    पार्टीको केन्द्रीय अनुशासन समितिले खड्कासँगै जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखालाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

    आरोप पत्रअनुसार खड्काले पार्टीभित्रको विशेष अधिवेशनबाट बनेको कार्यसमितिलाई अस्वीकार गर्ने अभिव्यक्ति दिएको, निर्वाचन परिणामप्रति निराशाजनक टिप्पणी गरेको तथा पार्टीको जित सम्भव नभएको भन्दै कार्यकर्तालाई भ्रामक सन्देश दिएको दाबी गरिएको छ।

    त्यस्तै, उनीमाथि आफ्ना निकट व्यक्तिहरूलाई पार्टीगत कार्यक्रममा सहभागी नहुन आग्रह गरेको तथा सार्वजनिक रूपमा पार्टीको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गरेको देखिए पनि आन्तरिक रूपमा अन्य राजनीतिक प्रतीकहरूतर्फ मतदान गर्न प्रेरित गरेको आरोप पनि लगाइएको छ।

    पार्टीले यी गतिविधिहरूलाई अनुशासनहीन र अन्तर्घातसम्बन्धी प्रकृतिका रूपमा उल्लेख गर्दै स्पष्टीकरण माग गरेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार