Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपा सिन्धुलीको सभापतिमा अविनाश बस्नेत निर्वाचित


    आइतबार, जेष्ठ २४ २०८३
    305
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको सभापतिमा अविनाश बस्नेत निर्वाचित भएका छन् ।

    शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी तथा केही सदस्य पदका लागि निर्वाचन गरिएको थियो ।

    निर्वाचनको अन्तिम मतपरिणामअनुसार सभापति पदमा बस्नेतले १८१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन (अशोक) ले ८८ मत प्राप्त गरे भने कर्णबहादुर कार्कीले ४ मत प्राप्त गरे ।

    उपसभापतिमा रामचन्द्र अधिकारी १०३ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सागर खत्रीले ९२ मत तथा दिलीपजंग थापाले ६६ मत प्राप्त गरे । सचिव पदमा लालप्रसाद देवकोटा (एलपी) १८६ मतसहित विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा (सुवास)ले ७१ मत प्राप्त गरेका थिए । सह–सचिव पदमा दिनेशप्रसाद सापकोटा (मोटु) १३० मतसहित निर्वाचित भए भने उनको निकटतम प्रतिस्पर्धी रमेश खत्रीले ११६ मत प्राप्त गरे ।

    खुला सदस्यमा दिवस पहाडी तथा दलित सदस्यमा कुमार रसाइली निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार