Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित


    आइतबार, जेष्ठ २४ २०८३
    385
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् ।

    जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै शाक्य निर्वाचित भएका हुन् । पहिलो अधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाडौँ महानगर वडा नम्बर ८ का सभापति थिए ।

    उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा शन्तमान महर्जन र सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन् । अधिवेशनका लागि ५२२ प्रतिनिधि रहेकोमा ४३८ मत खसेको निर्वाचन समितिले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार